आ.व. २०८२/०८३ को लागि आंशिक प्रशिक्षक रोष्टरमा नाम सूचीकृत गराउने सम्बन्धमा।
यस तनहुँ प्राविधिक शिक्षालय भिमाद-०६, तनहुँले कृषि वाली विज्ञान विषयमा डिप्लोमा तहमा प्रशिक्षण र छोटो अवधिको सीपमूलक तालिमहरू संचालन गर्दै आएको छ। उक्त डिप्लोमा तहमा प्रशिक्षण र तालिम संचालनका लागि प्रशिक्षकको प्रशिक्षण रोस्टर तयार गर्न लागिएको हुँदा योग्यता पुगेका इच्छुक व्यक्तिहरुले तल दिईएको कुनै पनि विषयको तथा तालिमसँग सम्बन्धित आफ्नो पूर्ण विवरणसहित ७ दिन भित्र शिक्षालयमा उपस्थित भई वा शिक्षालयको ईमेल ठेगाना ttsbhimad1991@gmail.com मा निवेदन पेश गर्नुहुन अनुरोध छ। आवश्यक प्रक्रिया पुरी प्रशिक्षक सूचीमा सूचीकृत हुनुभएका आंशिक प्रशिक्षकहरुलाई आवश्यकतानुसार प्रशिक्षण तथा तालिम संचालनमा क्रममा सम्पर्क गरिने व्यहोरा अनुरोध छ।